अब म्यानपावर कम्पनीको संख्या ८४८, ३०३ खारेज (सूचीसहित)


१९ भाद्र २०७६, बिहीबार
manpower

काठमाडौं, १९ भदौ । सरकारले म्यानवापर व्यवसायमाथि कडाइ गरेसँग म्यानपावर कम्पनीहरुको संख्या पनि ह्वातै घटेको छ ।

सरकारको कडाइसँगै कम्पनी बन्द भएपछि अब देशमा ८४८ वटा मात्रै म्यानपावर कम्पनी रहेका छन् । १५ सयभन्दा बढी म्यानपावर दर्ता भएकामा अब ८४८ म्यानपावर कम्पनीले मात्रै सरकारले अनुमति दिएको गन्तव्य देशमा कामदार पठाउन पाउने छन् ।

सरकारले धरौटी रकम बुझाउन दिएको अन्तिम म्याद बुधबारसम्म ८४८ म्यानपावरले न्यूनतम धरौटी जम्मा गरेका हुन् । ३०३ वटा म्यानपावर कम्पनी आपसमा गाभिएर एक १३१ वटा बनेका छन् । इजाजतपत्र लिएकामध्ये ३०३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेज भएका छन् ।

सरकारले म्यानपावर कम्पनीलाई सहज ढङ्गले अनुगमन गर्न र पीडित कामदारलाई धरौटीबाट कट्टा गरेर सजिलै क्षतिपूर्ति दिनको लागि २ देखि ६ करोड रुपैयाँसम्म धरौटी रकम बढाएको थियो । यसअनुसार भदौ १७ भित्र धरौटी रकम जम्मा गर्न म्यानपावार कम्पनीलाई समय दिइएको थियो ।

एक आर्थिक वर्षमा ३ हजार भन्दा कम कामदार पठाउने म्यानपावरले दुई करोड, ५ हजारसम्म कामदार पठाउनेले ३ करोड तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले ६ करोड रुपैयाँ धरौटी राख्नु पर्ने व्यवस्था सरकारले गरेको छ ।
हेर्नुस् म्यानपावरको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७