२०७६ भदौं २० गते शुक्रबारको तपाईको राशिफल


२० भाद्र २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । कार्य सम्पादनमा समस्या आउँला । पारिवारिक मनमुटावका साथै मन कमजोर रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाइने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक कारोवारमा बिवाद आउने छ । चोट पटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउँला । पारिवारिक झै–झमेला आउँला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको र ताकेको कार्य पूरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । व्यापारमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यमा बाधा आउने छ । अनावश्यक ठाउँमा धन खर्च होला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वैदेशिक क्षेत्रको काम अघी बढ्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको थालनीपनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभ समाचार सुन्न पाइएला । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । नयाँ कार्यको थालनी होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । बोलीको प्रभाब बढ्ने छ । मंगल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दैनिक कार्यमा प्रगति हुनेछ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिको सहयोग पाइने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आँटेको र ताकेको कार्य पूरा होला । रमाईलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमाईलो यात्राको योग रहेको छ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । प्रयत्न गरे फाइदा लिन सकिने छ । सन्तान सुख मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७