यूएईलाई नेपालले दियो २८६ रनको लक्ष्य

आजको खेल नेपाललाई प्रतिष्ठाको लडाईं


२४ भाद्र २०७६, मंगलवार
Nepal vs uae1

काठमाडौं, २४ भदौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई २८६ रनको लक्ष्य दिएको छ ।

मारियन्स क्रिकेट ग्राउण्ड, श्रीलंकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती दुई विकेट मात्र ८ रन जोड्दा गुमाएको थियो । तर त्यसपछि नेपालले सम्हालिएर खेल्यो र निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो । नेपालका लागि कप्तान रोहित बुकमर पौडेलले कप्तानी पारी खेले । तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ रनको साझेदारी गरेका उनले सन्दीप जोरासँग ८५ रनको पार्टरसिप गरे ।

रोहितकुमार ८३ रनमा आउट भए । आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की भने एक रनमा आउट भए । कुशल मल्लले २२ रन जोडे । उनी सातौं विकेटमा आउट हुँदा नेपालको स्कोर २०६ रन थियो । रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे ।

राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । लगातार दुई खेल हारेपछि समूह चरणबाटै बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्र हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७