‘मन्त्र ब्याण्ड’ का सदस्य चढेको गाडी दुर्घटना


२४ भाद्र २०७६, मंगलवार
mantra band

पोखरा, २४ भदौं । चर्चित साँगीतिक मन्त्र ब्याण्डका सदस्य चढेको गाडीको ब्रेक फेल भई दुर्घटनामा परेको छ । गाडीको ब्रेक फेल हुँदा ब्याण्डका ४ सदस्य घाइते भएका छन् ।

पोखरा–१८ सराङकोटबाट झर्दै गर्दा गाडीको ब्रेक फेल भई दुर्घटनामा परेको हो । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
दुर्घटनाबाट गाडीको अगाडिको भाग कुच्चिएको छ ।

ब्याण्डका सदस्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ‘त्यस्तो आत्तिन पर्ने गम्भीर केही छैन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘सबैको अवस्था सामान्य नै छ । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको रहेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७