गायिका मिना राईले ल्याइन् लोकपप शैलीको नयाँ गीत

काठमाडौं, २३ भदौ । गायिका मिना राईको लोक पप शैलीको गीत सार्वजनिक भएको छ । लोक पप शैलीको ‘गीत लै हो माया लै हो लै’ बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

गीतमा शब्द र संगीत र एरेन्ज दादा धनु ग्याङ्मीको रहेको छ । भने गायनमा उनलाई भेना राजु आङदेम्बेले साथ दिएका छन् । रेकर्ड मुस्कान मुकारुङले गरेका हुन् ।


गीतको भिडियो पनि सार्वजनिक भएको छ । गीनमा मनि के राई, म्यारी लिम्बुको अभिनय रहेको छ । भने निर्देशन चक्र पुलामी मगरले गरेका छन् ।


यसैगरी छायांकन जीवन मुकारुङ र सम्पादन गंगा राम राईले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्