नेकपा बैठक : दल दर्ताको निर्णय, चिनियाँ राष्ट्रपति सी भ्रमणको चर्चा


२५ भाद्र २०७६, बुधबार
CPN Meeting
g]skf ;lrjfnosf] a}7s g]kfn sDo’lgi6 kf6L{ -g]skf_ ;lrjfnosf] t];|f] a}7s k|wfgdGqL tyf kf6L cWoIf s]kL zdf{ cf]nL tyf k’iksdn bfxfn k|r08sf] cWoIftdf a’waf/ ljxfg k|wfgdGqL lgjf; afn’jf6f/df a:b} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २५ भदौ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने उप निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय गरेको हो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने पछि दल दर्ता गराउनु परेको हो । बैठकले दल दर्ता सम्बन्धि सम्पूर्ण काम गर्न महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिएको बैठक पछि प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको ५० पदमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सोही उपनिर्वाचनको प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समयसीमा तोकेको छ ।

आयोगका अनुसार मङ्सिर १४ मा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४१ गरी ३६ जिल्लामा ५० पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको तयारीका कामहरु जारी रहेको आयोगले जनाएको छ ।

बैठकमा प्रधामन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ चाँडै नै नेपाल भ्रमणमा आउने जानकारी पनि पार्टी सचिवालयलाई दिएका छन्। चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि भएको जानकारी दिएको बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्य ठिक छ’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

सिंगापुरमा दुई साता लामो उपचार गरेर प्रधानमन्त्री ओली शुक्रबार स्वेदश फर्किएका थिए । त्यहाँ उनको रगतमा रहेको एन्टीबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्री ओली बुधबार विहान मात्र त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । त्यहाँ सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७