२०७६ भदौं २७ गते शुक्रबारको तपाईको राशिफल


२७ भाद्र २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । कला र गलाको प्रभाव बढ्ने छ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको र ताकेको कार्य पूरा होला । प्रेमीको सहयोग पाइने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक यात्राको योग छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्रा पनि रहला । शुभारम्भको चर्चा चल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिष्पर्धा फाइदा हुनेछ । पारिवारसँग रमाइलो भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । रोजगारको अवसर मिल्ने छ । रोमाञ्चक यात्रा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । शत्रु क्षय होलान् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । मनमा निरासा र शरीरमा आलस्य आउँला । व्यवसायमा मन्दी आउने छ । कार्यमा बाधा आउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सोचे जस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । यात्रामा माल सामान हराउन सक्छ । पेटसम्बन्धी समस्याले सताई रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सानातिना समस्यामा अल्झिनु पर्नेछ । राजनैतिक कार्यमा बाधा आउने छ । मुद्दा मामिला आइलाग्ने छ । प्रेममा मनमुटाव आउन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७