मेरो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने होइन, मैले बोलेका कुरा भिन्न भएर आयो : प्रचण्ड


२८ भाद्र २०७६, शनिबार
Prachanda

इलाम, २८ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रिय रूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् ।

इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर, अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको समेत उल्लेख गरे ।

अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुने समेत बताए । नेता केन्द्रित र गुट केन्द्रितले आफैंलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिए ।

TK Ilam.

उनले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकता भन्दा भिन्न भएर बाहिर आएको बताए । ‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु’, उनले थपे, ‘कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले संविधान निर्माण समेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभा समेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७