एनआरएनले नेपालको शेयर बजारमा लगानी गर्ने


६ पुष २०७४, बिहीबार
bhawan vhatta 1
????????????????????????????????????

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको शेयर बजारमा लगानी गर्ने भएका छन ।

bhawan vhatta 1

 नेपाल धितोपत्र बोर्ड र एनआरएनएका प्रतिनिधिबीचमा भएको छलफलमा नेपालको पूँजी बजारमा लगानी गर्न एनआरएनएले चासो देखाएको बोर्डले बताएको छ ।
बोर्डका पदाधिकारीसँगको छलफलमा शेयर बजारमा लगानी गर्न कानुनी प्रक्रिया सहज बनाउन आग्रह गरिएको एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

संघका अध्यक्ष भवन भट्ट र पूर्व अध्यक्ष जिबा लामिछाने सहितको ११ जनाको टोलीले बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्कीलगायतसँग छलफल भएको लामिछानेले बताए ।
छलफलमा एनआरएन प्रतिनिधिले शेयर बजारमा व्यक्तिगत र संस्थागत दुबै तर्फको लगानीका लागि कानुन सहज बनाउन आग्रह गरेका थिए । एनआरएनएका प्रतिनिधिहरुले व्यक्तिगतभन्दा पनि इन्भेष्टमेन्ट कम्पनी खोलेर शेयर बजारमा लगानी गर्ने प्ररम्भिक छलफल भएको जानकारी दिए ।
नेपालमा अन्य धेरै क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानी विभिन्न प्रकारले आएको छ, अब शेयर बजारमा पनि एनआरएनएको संस्थाको पहलमा नै संस्थागत रुपमा लगानी ल्याउने पहल हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७