सिटिजन्स आरटिजीएस प्रणाली सञ्चालनमा ल्याउने पहिलो बैंक


२९ भाद्र २०७६, आईतवार
citizen bank

काठमाडौं, २९ भदौ । सिटिजन्स बैंकले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याउने पहिलो बैंक भएको छ । राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरुलाई यो लागु गर्ने निर्देशन दिए लगतै सिटिजन्स बैंकले यो प्रणालीको सुरुवात गरेको हो ।

सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आइतबार आरटिजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भयो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


राष्ट्र बैंकले “क”वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो । यो प्रणाली संचालनमा ल्याउने पहिलो बाणिज्य बैंकको रूपमा सिटिजन्स बैंक रहेको छ ।citizens and ratra bank


यससँगै अब बैंकका ग्राहकहरुले नियम अनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन् । बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणाली मार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन् ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु दिदैँ आएको छ ।


यसैगरी बैंकले निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७