झापामा ५ सयभन्दा बढीलाई डेंगु, हालसम्म दुईको मृत्यु


३० भाद्र २०७६, सोमबार
dengu 2

झापा, ३० भदौं । तीन महिनाअघि देखा परेको डेंगु झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकाले समेत प्रभावकारी काम गर्न नसक्दा डेंगु नियन्त्रणमा आउन नसकेको हो ।

झापामा अहिले पनि ५०० भन्दाबढी डेंगु रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिरामीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले डेंगु नियन्त्रणका लागि गत वर्ष कार्यक्रमहरु आएपनि यस वर्ष कुनै कार्यक्रम नआएको बताए । स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए ।

डेंगु कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । झापामा डेंगु पहिलो पटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, बिर्तामोड, दमक, भद्रपुरलगायतका नगर डेंगुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७