वीरनारायण मार्ग सडकको शिल्यान्यास 


३० भाद्र २०७६, सोमबार
dyawarika lal chaudhari

इटहरी, ३० भदौ ।  १ सय ४४ बर्ष सम्म वाँचेर इतिहास वनाएका वीर नारायण माँझीको गाँउसम्म पिच वाटो पुग्ने भएको छ । इटहरी उपमहानगरको वहुबर्षे गौरवको योजना अनुरुप इटहरी ११ भुसकलुवा देखि वीरनारायण माँझीको घर रहेको इटहरी १० आमझोंगी सम्म पुग्ने वीरनारायण मार्ग सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलापूजन गरि शिल्यान्यास गरेका हुन् ।

 डेढ किलोमिटर लामो सो वाटो आगामी बर्ष जेठ ४ गते सम्ममा कालोपत्रे भइसक्ने गरि सम्झौता भएको छ । यो वाटोको शिल्यान्यास सँगै इटहरीमा बहुबर्षे सडक निर्माण सुरु भएको छ । 

गाँउका ११ मूल वाटोलाई वहुबर्षे सडकका रुपमा उपमहानगरले कालोपत्रे गर्दैछ । शिल्यान्साय कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख द्धारिकलाल चौधरीले अन्य सडक निर्माण र महत्वपूर्ण निर्माण परियोजना चाँडै सुरु हुने जानकारी दिए ।

 उनले अव गाँउका जनताले उपमहानगवासीभएको अनुभूत गर्ने विश्वास ब्यक्त गरे । प्रमुख चौधरीले सडक निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नहुने दावी गरे । उनले जनताले तिरेको करको कहिल्यै पनि दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए ।

 उपप्रमुख लक्ष्मी गौतमले इटहरीको गाँउ गाँउका वासिन्दालाई नगरवासी भएको पहिलो अनुभूति दिलाउन गाँउ गाँउमा सडक निर्माण थालिएको वताए । उनले उपमहानगर चौकमा देखिएनन होला हामी गाँउमा छौ भने ।

 वडा नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीले गाँउका जनता विकासका गति देखेर उत्साहित भएको वताउनुभयो । वडा नम्वर ११का वडाध्यक्ष रुपेश चौधरीले ऐतिहाँसिक ब्यक्तित्व वीर नारायण माँझीको नामको वाटो कालोपत्रे हुने भएपछि वडावासी खुशि रहेको जनाए ।

 इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार सम्झौता भन्दा अघिनै निर्माण सकिने गरि आजैदेखि निर्माणको कामले तिव्रता लिने छ । वीर नारायण माँझीका पनाती हरी नारायण माँझीले उपमहानगरले यो सडक पीच गर्नु वीर नारायण माँझी प्रति सम्मान भएको अनुभूति गरेको प्रतिक्रिया जनाए ।

 इटहरी उपमहानगरका कर्मचारी महेश सुवेदीले २०५४ सालमा जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो नगरपरिषद वीर नारायण माँझीलेनै उदघाटन गरेको स्मरण गरे  । 

अहिले उपमहानगर भएपछिको पहिलो जनप्रतिनिधिले उनकै गाँउमा पहिलो वहुवर्षिय योजना शिल्यान्यास भएको वताए । स्थानीय गयादेवी विश्वासले हिलो र धुलोवाट मुक्ति पाउने भएकाले आफूहरु हर्षित भएको वताए । वीर नारायण माँझीका पनाती हरीनारायणका अनुसार वीरनारायण माँझीको जन्म विक्रम सम्वत १९१३मा र निधन २०५७ सालमा भएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७