संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ : मुख्यमन्त्री राउत


३ आश्विन २०७६, शुक्रबार
lalbabu raut

जनकपुर, ३ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु जरूरी भएको बताएका छन् ।

‘सानो पाइला’ नामक संस्थाद्वारा आज यहाँ आयोजित नेपालको संविधान २०७२ मा ‘जनताको अवधारणा’ विषयक बहस र मन्थन कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानका राम्रा पक्षलाई संस्थागत गर्दै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी सबैको संविधान बनाउने वातावरण निर्माणको खाँचो औँल्याए ।

‘विसं २०७२ मा आफू संविधानसभाको सदस्य रहँदा संविधान लेखन समितिमा भएका बेला मधेशका मुद्दा, समस्याको समाधानबारे पटक–पटक सम्बोधन गर्न सुझाव दिए पनि त्यसलाई गौण बनाई हुन्छ, हुँदैन भन्ने विधिमा लगियो’, उनले भने, ‘सङ्घीय सरकारबाट प्रदेश सरकारलाई कमजोर बनाई सङ्घीयतामाथि नै प्रहार गर्ने काम भएको छ । संविधानका कमजोर पक्षलाई संशोधन गरी सबल र सर्वस्वीकार्य बनाउनु पर्दछ ।’’

राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरले मधेशीलाई विदेशी ठान्ने मनोविज्ञान रहेसम्म संविधान सर्वस्वीकार्य हुन सक्दैन भन्दै संशोधन गरी संविधानबाट मधेशीको आत्मसम्मान स्वाभिमानको रक्षा गर्नु जरूरी भएको धारणा राखे ।

वरिष्ठ पत्रकार किशोर नेपालले संविधानमा मधेशको मुद्दा सम्बोधन हुन नसकेका कारण मधेशी जनतामा असन्तुष्टि र पीडा छ भन्दै त्यसबाट भोलि आन्दोलन र विद्रोहको अवस्था आउन नदिन समयमै नेताहरूले विचार पु¥याउनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७