वर्नेमाउथ इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा


४ आश्विन २०७६, शनिबार
spo

काठमाडौं, ४ असोज । वर्नेमाउथ इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
गए राति भएको खेलमा पहिलो पटक साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ शीर्ष तीनमा उक्लिएको हो ।

नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए ।  डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । त्यसैगरी ह्यारी विल्सनले ३५ औ मिनेटमा अग्रतालाई दोब्बर बनाए । जेम्स वार्ड प्राउसले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली साउथह्याम्टनको गोल अन्तर घटाउन सफल भएका थिए ।

कालुम विल्सनले ईन्जुरी समयमा गोल गर्दै वर्नेमाउथको जित सुनिश्चित गरेका थिए । वर्नेमाउथ ६ खेलबाट १० अंक बनाएर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने साउथह्याम्टन ७ अंकसहित ११ औ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७