भारतसँग बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा


६ आश्विन २०७६, सोमबार
bangaladesh vs india

काठमाडौं, ६ असोज । बंगलादेश काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा सोमबार भएको खेलमा भारतसित गोलरहित बराबरी खेल्दै बंगलादेश अन्तिम चारमा पुगेको हो ।

खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए ।समूह ‘बी’को बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो । यो समूहबाट दुई खेलबाट ४ अंकसहित बंगलादेश सेमिफाइनलमा पुग्दा अर्को टोलीको टुंगो भारत र श्रीलंकाबीचको बुधबार हुने खेलबाट लाग्नेछ ।
यता, समूह ‘ए’बाट भुटान सेमिफाइनलमा पुगेको छ भने अर्को टोलीको टुंगो मंगलबार हुने भुटान र माल्दिभ्सबीचको खेलबाट लाग्नेछ ।

आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्ससित १–१ गोलको बराबरी खेल्दा आइतबार कमजोर आँकिएको भुटानसित ३–० को हार व्यहोरेको थियो ।

https://youtu.be/N_KRLFI9xxg

दुईपटकको च्याम्पियन नेपाल तेस्रो संस्करणको सेमिफाइनलमा पुग्नका लागि भुटानले माल्दिभ्सलाई कम्तीमा ४ गोलको अन्तरले हराउनुपर्ने हुन्छ । अन्यथा नेपाल बाहिरिँदा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७