सातै प्रदेशका उपसभामुखसँग प्रतिनिधिसभाका उपसभामुख तुम्बाहाम्फे


७ आश्विन २०७६, मंगलवार
Dr. shib maya tumbahamfe

काठमाडौं, ७ असोज । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सातैवटा प्रदेशका उपसभामुखहरुसंग छलफल गरेकी छिन् ।

  सिंहदरबारमा मंगलबार भएको छलफलका क्रममा उपसभामुख तुम्बाहाम्फेले प्रदेशमा देखिएका समस्या र चूनौतिहरुका बारेमा जानकारी लिएकी छलफल गरेकी हुन् ।  

छलफलका क्रममा प्रदेशसभा सञ्चालनमा देखिएका गम्भीर प्रकारका समस्या र समाधानका बारेका पनि प्रदेशसभाका उपसभामुखहरुले जानकारी गराएका थिए ।

त्यस्तै उपसभामुख तुम्बाहाम्फेले संसद संचालनका लागी सवै प्रदेशसंग समन्वयात्मक ढंगले अघि बढ्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७