कर्णालीमा गुणस्तरीय शिक्षाको बहस सुरु


८ आश्विन २०७६, बुधबार

सुर्खेत, ८ असोज ।
कर्णालीमा गुणस्तरीय शिक्षाको बहस सुरु भएको छ । दिगो विकास लक्ष्यमा उल्लेख गरिएको गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नसरोकारवाला निकायहरुबीच बहस गराइएको हो ।

कर्णाली फाउण्डेसनले युनेस्कोको आर्थिक सहयोगमा वीरेन्द्रनगरमा आयोजना गरेको दीगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षासम्बन्धी दुईदिने कार्याशालामा स्थानीय स्तरमै राम्रो शिक्षा कसरी प्रदान गर्ने भनने विषयमा बहस सुरु गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले अहिलेको शिक्षाले बेरोजगार जनशक्ति निम्त्याएको बताए । गुणस्तरीय शिक्षा सिंगो नेपालकै चुनौतीको विषय भएको उनको भनाइ छ । उनले सामुदायिक र निजी विद्यालयले उत्पादन गरेका जनशक्ति विदेशिने गरेको बताए ।

‘सामुदायिक विद्यालयले उत्पादन गरेका विद्यार्थी मलेसिया र अन्य खाडी जान्छन्, निजी विद्यालयले उत्पादन गरेका जनशक्ति बाबुआमाको सम्पत्ति बेचेर अस्टे«ेलिया, अमेरिकातिर जाने चलन छ’, मन्त्री रावलले भने । प्रदेशका सबै जिल्लामा बहुप्राविधिक विद्यालय खोल्ने कर्णाली सरकारको योजना रहेको जानकारी दिए ।

वरिष्ठ अधिवक्ता नारायणप्रसाद घिमिरेले दिगो विकासको अवधारणा र यसको लक्ष्यहरुबीचको अन्तरसम्बन्धको विषयमा जानकारी गराए । शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष डिल्लीराम सुवेदीले विद्यालय छोड्ने दर बढी भएकाले सरोकारवालाहरुले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७