प्रहरीको गाडीभित्रै जोडीको यौन तमासा


८ आश्विन २०७६, बुधबार
ge

काठमाडौं, ८ असोज । मानिसको जीवनमा सेक्सको महत्व ठूलो हुन्छ । मानव श्रृष्टीसँग जोडिएको यो विषय कहिलेकाहीं गलत ठाउँ र गलत रुपमा समेत प्रयोग हुने गरेको छ ।

सेक्सलाई गलत रुपमा बुझ्दा र गलत ठाउँमा अश्लित हर्क गर्दा एक जोडी फन्दामा परेका छन् । अमेरिकी राज्य फ्लोरिडामा एक जोडीले प्रहरीकै कारमा अश्लील हर्कत गरे । घटना गत शुक्रबारको हो ।

नासाउ काउन्टीका प्रहरी अधिकारी मार्क हन्टरले शुक्रबार साँझ मादक पदार्थ सेवन गरेर साइकल चलाइरहेका ३५ वर्षीया मेगन मोन्डानारो र ३१ वर्षीय आरोन थोमसलाई पक्राउ गरे । मापसे परीक्षण गर्दा उनीहरू दोषी ठहरिए।

prahariko

मदिराले लट्ठ जोडीलाई हतकडी लगाएर हन्टरले आफ्नो कारको पछाडिको भागमा राखे । त्यसपछि उनी बाहिर निक्लेर थप सहयोगका लागि फोन गरिरहेका थिए । उनीहरूलाई जेल पठाउनु थियो । एकछिनपछि उनी कारभित्र छिरे । त्यहाँको दृष्यले उनलाई चकित र विस्मित बनायो ।

मेगन र आरोन आपत्तिजनक अवस्थामा थिए । ‘उनीहरू सेक्स गर्न ठिक्क परेका थिए,’ प्रहरी अधिकारी हन्टरले भने, ‘थोमस नग्न थिए। मेगन अर्धनग्न थिइन् । ब्राबाट उनका आधा स्तन चिहाइरहेका थिए ।’

हन्टरले थोमसलाई कारबाट बाहिर निकाले । थोमसले उनलाई लडाएर भागे । तर, केही समयमै प्रहरीले उनलाई समात्यो । मापसे गरेर साइकल चलाएको, अश्लील हर्कत गरेको कसुरमा यो जोडी अहिले जेलमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७