भाषण गरेर निस्कन खोजेका देउवाविरुद्ध द्वन्द्वपीडितले गरे नाराबाजी


९ आश्विन २०७६, बिहीबार
PM Sher Bahadur Deuba 2
फाइल तस्बिर ।

काठमाडौं, ९ असोज । कमलादीस्थित प्रज्ञा भवनमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा द्वन्द्वपीडितले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् । कार्यक्रममा मन्तव्य राखेर बाहिर निस्कन लाग्दा पीडितहरुले आफ्नो कुरा नसुनेको भन्दै नाराबाजी गरे ।

व्यस्तताको कारण देखाउँदै निस्कन लागेका देउवामाथि पीडिले भाषण गरेर फर्किनलाई मात्र किन आएका भन्दै प्रश्न गरे । तर, कार्यक्रमका केही सहभागीले ‘हाम्रा कुरा नसुन्ने भए किन कार्यक्रममा आउनुपर्यो ? नेताले जनताका कुरा नसुने कसका लागि राजनीति गर्ने ? हामी कार्यक्रम बहिस्कार गर्छौं भन्दै नाराबाजी गरेका थिए ।

१० मिनेटको नाराबाजीपछि कार्यक्रम सुरु भएको छ । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड नआएकोमा पनि द्वन्द्वपीडितले असन्तुष्टि पोखे ।

आयोजकले द्वन्द्वपीडितका तर्फबाट भावना विद्रोहीलाई मन्तव्यका लागि बोलाएको भए पनि प्रचण्ड नआएसम्म नबोल्ने भन्दै उनले बोल्न मानिनन् । प्रचण्ड काठमाडौंबाहिर भएकाले कार्यक्रममा आउन ढिला भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७