सिटिजन्स बैंकको मुनाफा एक अर्ब ४६ कराेड


१० आश्विन २०७६, शुक्रबार
71523002 559881224819276 7590062365790437376 n

काठमाडौं, १० असोज । ।
सिटिजन्स बैंक इन्टरनेसनलले एक वर्षमा डेढ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको छ । शुक्रबार बैंकको १३ औं वार्षिक साधारणसभामा प्रस्तु वार्षिक प्रगति प्रतिवेदनमा बैंकले आर्थिक वर्ष २०७५÷७६ मा एक अर्ब ४६ करोट खुद मुनामा आर्जन गरेको जानकारी दिइएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा आर्थिक वर्ष २०७५÷७६ मा बैंकले ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको जानकारी दिइएको छ । यस्तै ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा प्राप्त वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम एक अर्व ४५ लाख २७ हजार सातसय ७३ नगद लाभांश र तीन प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार नौ सय ४३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । अध्यक्षले सेयरधनीबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

सोही साधरणसभाले संस्थापक समूह अन्र्तगत राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे रसजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै सर्वसाधारणतपÞर्m भएको निर्वाचनबाट सीता कार्की केसि निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले राजनसिंह भण्डारीलाई अध्यक्षमा मनोनयन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्य अगाडि बढिरहेको जनाएको छ । यस्तै संघीयताको मर्म अनुरुप नागरिकलाई सहज सेवा दिन थप १३ वटा शाखा काठमाडौं बाहिरका जिल्लामा विस्तार गर्ने योजना सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७