पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तीको ड्राफ्ट गर्ने पार्टी एमाले हो : वरिष्ठ नेता नेपाल


११ आश्विन २०७६, शनिबार
nepal Copy Zb1rFBWFcV 1

काठमाडौं, १० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।

नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताको रुपमा स्मरण गरे ।

२०५१ सालमा तत्कालीन एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँ गाउँमा बजेट पुर्‍याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको बताएका छन् ।

०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुई पटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गराए । ०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको भन्दै त्यो मस्यौदा लेख्ने काम अधिकारीले गरेको समेत बताए ।

कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्व. अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारीलगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७