नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने


१२ आश्विन २०७६, आईतवार
nekapa office

काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ ।

पार्टीले यही असोज २९ गते दशैं–तिहार, नेपाल संवत, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ ।

चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर भएको निम्ता कार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७