मोदीले ‘भारतले विश्वलाई बुद्ध दिएको छ’ भनेकोमा मोहन वैद्यको आपत्ति


१३ आश्विन २०७६, सोमबार
mohan baidhya

काठमाडौं, १३ असोज । ‘भारतले विश्वलाई बुद्ध दिएको छ’ भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आपत्ति जनाएको छ ।

सो पार्टीका महासचिव मोहन वैद्यले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । गत सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणमा ‘भारतले विश्वलाई बुद्ध दिएको छ’ वाक्यांश प्रयोग गरेका थिए ।

‘हामी त्यसको दृढ विरोध गर्दछौं । नेपालको लुम्बिनीमा जन्मिएका गौतमबुद्ध भारतीय नभएर नेपाली नै रहिआएको कुरा अवगत हुँदाहुँदै उनलाई भारतीय बनाउन खोज्नु नितान्त गलत भएको बेहोरा स्पष्ट गर्न चाहन्छौं’ महासचिव वैद्यले भनेका छन् ।

साथै क्रान्तिकारी माओवादीले आइन्दा यस्ता अभिव्यक्ति नदिन पनि भारतका प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७