महराको राजीनामा ‘घटना छानविनसम्म’ का लागि मात्रै हो ?


१४ आश्विन २०७६, मंगलवार
sava

कठमाडौं, १४ असोज । सभामुख कृष्णबहादुर महराले संसदकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएका छन् । 

सभामुख महराले आज एक विज्ञप्ती जारी गर्दै ‘घटनाको सत्य तथ्य छानविन’ का लागि भन्दै राजीनामा दिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । तर, महराले दिएको राजीनामाको भाषालाई लिएर टीकाटिप्पणी शुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता–कार्यकर्ताहरुले सभामुखको राजीनामा प्रयोग भएको शब्दलाई लिएर असन्तुष्टि जनाएका छन् ।

mahara

सभामुख महराले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गर्दै राजीनामा पत्रमा लेखेका छन्, ‘आरोपबारे सत्य तथ्य निष्पक्ष र स्वतन्त्र छानिबनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

यसअघि नेकपाको सचिवालय बैठकले राजीनामा दिन महरालाइ आग्रह गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताले राजीनामा शर्तसहितको हुन नसक्ने बताएका छन् । ‘राजीनामा भनेपछि त्यो राजीनामा नै हो, त्यो पाँच महिना, एक वर्ष वा काम नसकिउन्जेलसम्म भन्ने हुँदैन’, उनी भन्छन्, ‘सभामुखले राजीनामा दिनु भएको हो निलम्बन गरिएको होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७