नेपाललाई आयरल्याण्डको १४६ रनको लक्ष्य 


२२ आश्विन २०७६, बुधबार
cricket 2

काठमाडौं, २२ असोज । ओमानमा जारी पाँच एक देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपाललाई आयरल्याण्डले एक सय ४६ रनको लक्ष्य दिएकोे छ । ओमान क्रिकेट संघको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो ।

 नेपालले आयरल्याण्डको स्कोर सात रन हुँदा पहिलो सफलता हात पारेको थियो । नेपालका लागि सन्दिप लामिछानेले विकेट लिन सफल भए । उनले ओपनर केभिन ओब्राइनलाई मात्र पाँच रनमा आउट गरे । जसका कारण आयरल्याण्डले सात रनमा पहिलो विकेट गुमायो ।

https://youtu.be/lRx–K8VsTo

त्यसपछि दोस्रो विकेटका लागि पउल र एन्डी बाल्करीन विच ८८ रनको साझेदारी भएको थियो । नेपालका ललित राजवंशीले एन्डीको विकेट लिएको थिए । उनी ३८ रनमा पेभेलियन फर्काए ।

त्यसपछि क्रिजमा आएका जर्ज डोकरेललाई दिपेन्द्रसिंह ऐरीले खाता खोल्न नपाउँदै आउट गरेपछि नेपालले ९६ रनमा तेस्रो विकेट लिन सफल भयो । आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लु धरापमा पारे ।

त्यसको लगत्तै करण केसीले नेपालका लागि चौथो पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिदै आउट गरे । सो बेला आयरल्याण्डको स्कोर एक सय १३ रन थियो ।

आयरल्याण्डका पुछार तिरका खेलाडीलाई एकपछि अर्को रुपम आउट गरेको नेपालले एक सय २२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दिप लामिछानेले गारेथ डेलानेलाई चार रनमा आउट गरे । त्यसको लगत्तै अभिनाश बोहोराले पनि सिमी सिंहलाई पाँच रनमा पेभेलियन फर्काए जसका कारण आयरल्याण्डले एक सय २४ रनमा आठौं विकेट खेर फाल्यो । अन्तिममा स्टुवार्ट थमसनले अविजीत रन बनाए ।

बलिङमा नेपालका अभिनाश बोहोरा, सन्दिप लामिछाने र करण केसीले २-२ विकेट लिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७