स्वीडेनका राजाले नाती–नातिनालाई राजदरबारबाट निकाले


२३ आश्विन २०७६, बिहीबार
bbc

काठमाडौं, २३ असोज । स्वीडेनका राजाले आफ्ना पाँच जना नाती–नातिनालाई राजदरबारबाट निकालि दिएका छन् ।

राजा कार्ल १६ औं गुस्ताफले गरेको निर्णयको अर्थ ती बालबालिकासँग अब रोयल हाइनेसको पद रहने छैन र उनीहरूले आधिकारिक राजकीय जिम्मेवारी निर्वाह गर्नुपर्ने छैन । उनीहरू राजपरिवारका सदस्य भने रहिरहने छन् र उनीहरूको ड्युक र डचिसको उपाधि कायम रहने छ ।

उक्त परिवर्तनले सिंहासनको दाबेदार मानिएका राजाका अन्य दुई नाती नातिनालाई भने असर नपारेको बताइएको छ । पर्यवेक्षकहरूका अनुसार उक्त कदमले शाही कर्तव्य पालना गर्न राजपरिवारका धेरै सदस्यहरूलाई राख्न जरुरी नरहेको भाव दर्शाएको छ ।

स्वीडेनका इतिहासकार डीक ह्यारीसन उक्त निर्णयले राजपरिवारका आधुनिक आवश्यकताहरू पूरा गर्नका लागि लिइएको हुन सक्ने बताउँछन् ।

उनका अनुसार पछिल्लो सय वर्षमा राजपरिवार संख्यात्मक हिसाबमा ठूलो हुँदै गएको थियो र त्यति धेरै परिवार सदस्यका लागि खर्च गर्न आवश्यक नरहेको धेरैको मत थियो । राजदरबारबाट हटाइनुले युवाहरूलाई साधारण जीवन बिताउन अनुमति दिने ह्यारीसन बताँउछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७