सडक मर्मत नगरेको भन्दै मेयरलाई डोरीले बाँधेर ट्रकले घिसारियो


२३ आश्विन २०७६, बिहीबार
meyar

काठमाडौं, २३ असोज । आफूहरुले प्रयोग गर्ने सडक मर्मतको काम नगरेको भन्दै स्थानीयले मेक्सिकोको दक्षिणी भागका एक मेयरलाई डोरीले बाँधेर ट्रकले घिसारेका छन् ।

मेयरलाई पिअप ट्रकबाट घिसारेको आरोपमा ११ जनालाई पक्राउ गरिएको छ । मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुले जोगाएका थिए । समाचारहरुका अनुसार मेयरलाई ठूलो चोट भने लागेको छैन ।

प्रारम्भिक रिपोर्टमा मेयरमाथि किसानले आक्रमण गरेको जनाइएको छ । किसानहरुले नै यस अघि पनि एस्कन्डोनमाथि आक्रमण थिए ।

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मतको नगरेकाले यस्तो कदम चालिएको किसानहरुले बताएका छन् । अहिले चिएपास राज्यस्थित उक्त गाँउमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । एस्कन्डोनले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने प्रयास वा अपहरण गर्ने प्रयासमा मुद्दा दायर गरेका छन् ।

मेयर कार्यालय बाहिर रहेका एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा पुरुषहरुको एक समूह मेयरलाई जबरजस्ती कार्यालय बाहिर निकालिरहेको र त्यसपछि बाहनमा बाँधेको देखिन्छ ।

एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ । दजनौं प्रहरीले केही समयको प्रयासपछि मेयरलाई घिसार्दै अघि बढेको वाहनलाई रोक्न सफल भएका थिए । प्रहरी र मेयरलाई घिसार्दै अघि बढेका पुरुषबीच भएको झडप पनि भएको थियो । त्यसक्रममा कयैन घाइते भएको खबर छ ।

चार महिना पहिले एक घटनामा एक समूहले कार्यालयमा नभएको समयमा तोडफोड गरेका थिए । त्यो समय मेयर कार्यालयमा थिएनन् । एस्कन्डोन आफै पनि चुनावको समय प्रहरीको गिरफ्तारीमा परेका थिए ।

लास माग्रटिसमा मेयर चुनावको दौरान प्रतिद्वन्द्वी उम्मेद्वारका समर्थकहरुसँग भएको एक विवादमा जोडेर उनलाई पक्राउ गरिएको थियो । तथापि, प्रमाणको अभावमा उनलाई मुक्त गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७