सीको सुरक्षाका लागि सेनाको कमान्डमा १५ हजार फौज


२५ आश्विन २०७६, शनिबार
xi jinping security in nepal 20191011094558

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको विशेष सुरक्षाका लागि नेपाली सेनाको कमान्डमा करिब पन्ध्र हजार फौज परिचालित हुनेछ। सी काठमाठौंमा उत्रेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिनेछ ।

सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । यो कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु छन् ।

राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा यही कार्यदललाई दिइएको छ । यो कार्यदलले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग प्रत्यक्ष परामर्श गरेर काम गर्नसक्नेछ । शुक्रबारदेखि नै त्रिभुवन विमानस्थलदेखि सी को सवारी हुने रुटमा सडकको दुवैतर्फ सुरक्षाकर्मी खटाइएको छ र अग्ला भवन तथा संरचनामा समेत सुरक्षा गस्ती गरिएको छ । सुरक्षा जाँचलाई पनि कडा तुल्याइएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले अति विशिष्ट व्यक्तिको विशेष सुरक्षा कार्य्विधि २०७० अनुसार राष्ट्रपति सीको सुरक्षाको सम्पूर्ण प्रबन्ध सेनाको कमाण्डमा हुने बताए । पाण्डेले भने, सेनाको कमाण्डमा चारै वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरु परिचालित हुनेछन्।

सीको विशेष सुरक्षाका लागि चारवटै सुरक्षा निकायबाट करिब पन्ध्र हजारको संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । त्यसमा दस हजार जति सेनाबाट परिचालित हुनेछन् । सी आउने जहाज, त्रिभुवन विमानस्थल, सी यात्रा गर्ने सडक, बस्ने होटेल तथा सुरक्षाका हिसाबले संवेदनशिल देखिएका अन्य स्थानमा सेनाको कमान्डमा विशेष गस्ती टोली परिचालित भइसकेको छ ।

सीको सुरक्षाका लागि चीनबाटै हतियारसहित विशेष सुरक्षा टोली आउनेछ । त्यसपछि पहिलो घेरामा नेपाली सेना रहनेछ भने त्यसपछि सशस्त्र र नेपाल प्रहरी रहनेछ । सीको यात्राका बेला तिब्बती शरणार्थीबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर संभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षा परिचालन कडा बनाइएको छ ।

सीको जहाज काठमाडौं उत्रेपछि उनको सडक सवारी हुँदा नेपाली सेनाको हेलिकोप्टरले एरियल रेकी गर्नेछ । खासगरी त्रिभुवन विमानस्थलदेखि सोल्टी होटेलसम्म, होटलदेखि राष्ट्रपति कार्यलय र राष्ट्रपति कार्यलयदेखि होटलसम्म र होटलदेखि एयरपोर्टसम्मको रुटमा विशेष सुरक्षा सुरक्षा निगरानी हुनेछ । त्यो रुटमो सीको सवारी हुँदा सेनाको हेलिकोप्टले एरियल रेकी गर्नेछ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७