मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


२५ आश्विन २०७६, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

लम्की, २५ असोज । कैलालीको लम्की चुहा–३ चिसापानी नजिकैको ढुङ्गेबजारको पुलमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवारी टीकापुरकै अभिषेकचन्द्र सोडारीको टाउकोमा गम्भीर चोट लागेको छ ।

शनिबार दिउँसो १ः३० बजे टीकापुरबाट चिसापानी जाँदै गरेको से७प १४९६ नंको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका सोडारीलाई थप उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७