१३ जनालाई इँट्टाभट्टामा पोलेर मारेको आरोपमा कांग्रेस सांसद आलम पक्राउ


२६ आश्विन २०७६, आईतवार
1570945067mohamadaaftab

रौतहट, २६ असोज । नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् ।
रौतहट क्षेत्र नम्बर–२ बाट निर्वाचित कांग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका हुन् ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा बम विष्फोट भई बम बनाइरहेका १३ जनाको मृत्यु भएको र प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप लागेको छ ।

२०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ । उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो ।

सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जनाको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए । सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७