अमेरिकामा तीन कार ठोक्किँदा नेपाली आमा-छोरीको मृत्यु


२८ आश्विन २०७६, मंगलवार
death

काठमाडौं, २८ असोज । अमेरिकाको ओहायोमा कार दुर्घटनामा परी नेपाली मुलका आमा–छोरीको ज्यान गएको छ ।

शनिबार राति १० बजेतिर मोर्स सडक र सनबर्न सडकको चौबाटोमा तीन वटा गाडी एकआपसमा जुध्दा चार जना घाइते भएका थिए । जसमा नेपाली मुलका २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको हो ।

यस्तै २२ वर्षीय सिर्जना विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएकामा अञ्जु छोरी र कुमारी आमा हुन् ।

प्रहरीले जनाए अनुसार कोबी स्टिलवेलले चलाएको अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै थियो, जसमा जाशन स्कट र खलिब वाटसन रहेका थिए ।

कोबी स्टिलवेल र खलिब वाटसनको सामान्य घाइते अवस्थामा ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो भने जाशन स्कटलाई गम्भीर घाइते अवस्थामा माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ ।

स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठोक्किएको हो । जसमा अञ्जु विश्वकर्मा, कुमारी विश्वकर्मा र सृजना सवार रहेका थिए । पछि स्टिलवेको गाडी फेरि टोयोटा टाकोमा नामक खाली गाडीमा ठोक्किएको थियो ।

स्थानीय फिलेमोन गोपालले आफ्नो फेसबुकमा कुमारी र अञ्जु आमाछोरी दुर्घटना परी मृत्यु भएको भन्दै समवेदना प्रकट गरेर घटनाबारे जानकारी गराएका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७