फेरि बढ्यो सुन–चाँदीको भाउ


२८ आश्विन २०७६, मंगलवार
Gold Price in Nepal
प्रतिकात्मक तस्विर

काठमाडौं, २८ असोज । फेरि सुनको भाउ बढेको छ । आज बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार रुपैयाँमा झरेको थियो । मंगलबार चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७