दिदीलाई खुकुरीले छप्काएर भाइले रेटे आफ्नै घाँटी


२८ आश्विन २०७६, मंगलवार
bel1

सुनसरी, २८ असोज । सुनसरीको इटहरीमा दिदीमाथि आफ्नै भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।

सुनसरीको इटहरी– १९ २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । अहिले प्रहरी घटनास्थल पुगिसकेको छ ।

bel2
घटनाको मुचुल्का उठाउँदै प्रहरी

घाइते दुबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । खुकुरी प्रहार गरिएकी दिदी र आफ्नो समेत घाँटी रेट्ने उदिप दुबैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

bel

उदिप मानसिक रोगी रहेको स्थानीयले जानकारी दिएका छन् । घर आँगनमा हाँस्दै बसिरहेका उदिपले एक्कासी दिदीमाथि खुकुरी हानेका थिए । दिदीलाई खुकुरी हानेपछि घरको बरण्डामा चढेका उनले त्यसपछि आफ्नो समेत घाँटी रेटेको परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७