अवार्ड दिलाउने प्रलोभन देखाउँदै कलाकारलाई ‘अनैतिक प्रस्ताव’, बुढामगर बर्खास्त


२९ आश्विन २०७६, बुधबार
doma chhiring sherpa and suman budhamagar

काठमाडौं, २८ असोज । अहिले विभिन्न रियालिटी शोहरु भइरहेका छन् । यस्ता रियालिटी शोहरुले अवसर नपाएर बसिरहेका प्रतिभाहरुलाई अवसरको ढोका खोलि दिएको छ । धेरैले आफूमा रहेको प्रतिभालाई उजागर समेत गर्न पाएका छन् ।

तर, यहि प्रतिभा प्रस्फुटनको माध्यमहरु शोषणको माध्यम समेत बन्न थालेको उदाहरण भर्खरैको एउटा घटनाले सार्वजनिक गरेको छ । 

 खोज्ने संस्थाका एक व्यक्तिले एक कलाकारलाई अवार्डको प्रलोभन देखाएर अनैतिक कार्यका लागि प्रस्ताव राखेपछि राम्रो कामभित्र हुने गरेको नराम्रो प्रवृति समेत उजागर भएको छ । कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ ले कलाकार संघ युएसएका वर्तमान अध्यक्ष तथा ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगरले आफूलाई पटक–पटक इमोसनल ब्लकमेलिङ गर्दै ‘सेक्सुअल हर्यास्टमेन्ट’ गरेको आरोप लगाएकी छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै सो कुरा बाहिर ल्याएकी छन् ।

This image has an empty alt attribute; its file name is nenifar.jpg

बेस्ट पप/ मोर्डन सङको मोडल फेमिल विधाको टप १० मा पर्ने सफल भएकी उनलाई  बुढामगरले विभिन्न प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्न जानका लागि समेत दवाव दिएको उनले बताएकी छन् ।

अमेरिकामा आयोजना हुने भनिएको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का महासचिव समेत रहेका बुढामगरले ‘टप थ्री’ मा पार्ने प्रलोभनमा आफूमाथि अनैतिक कार्यको प्रस्ताव गरेको उनको स्टाटसमा उल्लेख छ ।

पत्रकारहरु, अनलाइन न्युज र टेलिभिजन च्यानललाई सम्बोधनबाट उनले शुरु गरेको स्टाटसको अन्त्यमा उनले कुविचारबाट ग्रसित बुढाबगर जस्ता समाजको नराम्रो व्यक्तिलाई सजाय दिन सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको उल्लेख गरिएको छ ।

बुढामगर आयोजकबाट आउट

कलाकार छिरिङ डोमा शेर्पाको स्टाटस सार्वजनिक भएपछि वर्ल्ड नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना वर्ल्ड कनेक्सन युएसए इन्सले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको जनाएको छ ।

This image has an empty alt attribute; its file name is award-1.jpg

‘अवार्डसँग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएका कारण बुढालाई निर्दाेष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वर्ल्ड कनेक्सनको विज्ञप्तीमा भनिएको छ ।

वर्ल्ड कनेक्सनले कलाकार, सहयोगी संघ संस्था र सह आयोजकलाई समेत बुढामगरसँग अवार्डसम्बन्धी कुनै पनि कार्य नगर्न सचेत गराएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७