स्थगित एनआरएनए निर्वाचनको मतदान आज १० बजेदेखि


३० आश्विन २०७६, बिहीबार
kumar panta and kul archarya NRNA

काठमाडौं, ३० असोज ।  गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन लम्बिएको छ । एनआरएनएको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) फेरि मतदान हुने भएको छ ।

बुधबार अबेर शुरु भएको मतदान भोटिङ मेशिनमा आएको समस्याका कारण आज (बिहीबार) बिहान १० बजेसम्मका लागि स्थगित गरिएको र १० बजेपछि फेरि मतदान शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

बुधबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै शुरु भएको थियो । मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक गरिने संघले जनाएको छ । संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिष्पर्धा हुँदैछ ।

काठमाडौको हायात होटलमा मंगलबार भएको सम्मेलनपछि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजक तथा उप–संयोजक, महिला र युवा उपसंयोजक गरी २५ जना नयाँ सदस्यका लागि ७५ जना उम्मेद्वार छन् ।

सम्मेलनमा २८ सय प्रतिनिधि सहभागि भए पनि मतदाता सूचीमा २४ सय मात्र रहेकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्ने निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचनका बारेमा विवाद हुँदा एनआरएनएका प्रतिनिधिले बुधबार होटलमा तोडफोड समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७