थिमिमा जेब्राक्रसिङमै जीपले ठक्कर दिंदा महिलाको मृत्यु


३० आश्विन २०७६, बिहीबार
accident

भक्तपुर, ३० असोज । मध्यपुरथिमि नगरपालिका–४ एसएस चोकमा बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बलेरो जीपले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा १४च १६८६ नम्बरको बलेरो जीपले ठक्कर दिँदा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएस चोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

तीव्रगतिमा आएको बलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गापा–३ घर भई हाल काभ्रे भैंसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आत्मसमर्पण गरेका छन् भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७