बालोन डी ओर अवार्डका लागि छानिए यी ३० खेलाडी (सूचीसहित)

मेस्सी र रोनाल्डो छैठौं पटक उपाधि उचाल्ने दाउमा


५ कार्तिक २०७६, मंगलवार
balan

काठमाडौं, ५ कार्तिक । यस वर्षको बालोन डी ओर अवार्डका लागि पहिलो चरणमा ३० खेलाडी छानिएका छन् । जसमा गएको सिजनका विजेता लुका मोड्रिचले स्थान बनाउन सकेनन् ।

आयोजकले सार्वजनिक गरेको पहिलो चरण छनोटमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, भान डाइक, लियोनल मेस्सी, साडियो माने, मोहम्मद सलाह अघिल्लो सिजन जस्तो पहिलो चरणमा परेका छन् ।

सोमबार राति सार्वजनिक गरेको पहिलो चरणको सूचीमा सर्जियो गुइरो, बेर्नान्डो सिल्भा, पिएरी एमिरिक, रोबेर्टो फेरमिन्हो, एसिलोन, ट्रेन्ट एलेजान्देर आर्नोल्ड, हुगो लोरिस, रियाद महरेज रहेका छन् ।

यस्तै, केलियन एम्बाप्पे, रोबेर्ट लेवान्दोस्की, एन्टोनियो ग्रिजम्यान, इडेन हाजार्ड, करिम बेन्जिमा, रहिम स्टर्लिङ पनि पहिलो चरणमा स्थान बनाउन सफल भएका छन् ।
रोनाल्डो र मेस्सी दुवै छैटौं पटक यो अवार्डको उपाधि उचाल्ने दाउमा रहेका छन् ।

पहिलो चरणको छनोटमा पीएसजीका स्टार खेलाडी नेयमारले स्थान बनाउन सकेनन् । छनोटमा सबैभन्दा धेरै लिभरपुलका ७ जना खेलाडी परेका छन् । ५ खेलाडी सिटीका र ४ खेलाडी बार्सिलोनाका छन् ।
यस्तो शुरुवाती ३० खेलाडीको सूची
साडियो माने, भान डाइक, रोबेर्टो फरमिन्हो, ट्रेन्ट एलेजान्देर अर्नोल्ड, जिगगिन्हो विज्नाल्डम, माहम्मद सलाह, एलिसन (लिभरपुल)
सर्जियो अगुइरो, बर्नान्डो सिल्भा, केभिन डी ब्रुइन, रियाद महरेज, रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटी)
फ्रेंकी डी जोङ, मार्क एन्द्रे तेर, लियोनल मेस्सी, एन्टोइन ग्रिजम्यान ( बार्सिलोना)

क्रिस्टियोनो रोनाल्डो, माटिज डी लिग्ट (युभेन्टस)

करिम बेन्जिमा, इडेन हाजार्ड (रियल मड्रिड)

जोओ फलिक्स (एट्लेटिको मड्रिड)

हुगो लोरिस, सन हुङ मिङ ( टोटनह्याम)

केलियन एम्बाप्पे, माक्विन्होस (पीएसजी)

डोनी भान डी बिक (आयाक्स)

कालिडोउ काउलीबाली (नापोली)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७