नेकपा सचिवालय सदस्य श्रेष्ठ पक्राउ


५ कार्तिक २०७६, मंगलवार
shrestha

दाङ, ५ कार्तिक । प्रहरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठलाई पक्राउ गरेको छ । स्वास्थय विज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार र प्रहरीमाथि हातपात गरेको आरोपमा उनलाई सोमबार कैलालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीमा हुलहुज्जत गरेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्टार रामप्रसाल प्याकुरेललाई हातपात गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए ।

प्रवक्ता शाहका अनुसार श्रेष्ठविरुद्ध प्रशसनले तीन महिने वारेन्ट समेत जारी गरिसकेको थियो । उनलाई श्रेष्ठलाई कैलालीको भजनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७