छुटे गायक दुर्गेश थापा, विवादित गीत युट्युवबाट हटाइयो


५ कार्तिक २०७६, मंगलवार
Durgesh thapa

काठमाडौं, ५ कार्तिक । विवादित गीका कारण पक्राउ परेका गायक दुर्गेश थापा छुटेका छन् । विवादित गीत युट्युबबाट हटाएपछि गायक थापालाई छाडिएको हो । तिहारको अवसरमा सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले बताएका छन् ।

दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो । तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’ मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो । सो गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु समेत आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७