गोविन्द केसी फेरी अनशन बस्ने


८ कार्तिक २०७६, शुक्रबार
Dr Gobinda KC

काठमाडौं, ८ कार्तिक । प्राध्यापक डा. गोविन्द केसीले फेरी अनशन वस्ने भएका छन् । उनले आफना माग पुरा गराउन अल्टिमेटम सार्दे कात्तिक १८ गतेसम्म सारेका हुन् । यदी उनी फेरी  अनशन बस्दा १७ औँ संस्करण हुनेछ ।

डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कात्तिक ८ सम्म पूरा नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले हिन्दु धर्मालम्बीको दोस्रो ठूलो चाड तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् ।

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् छन् । सरकारलाई दबाव दिन उनले उनले १६ पटकसम्म अनशन बसिसकेका छन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७