नृत्य प्रतिभा जन्माउँदै ‘छमछमी’


११ कार्तिक २०७६, सोमबार
14 Shares
Sandhya acharya

काठमाडौं, ११ कार्तिक । नेपाल टेलिभिजनको ‘मेगा डान्स रियालिटी शो’ ‘छमछमी’ कार्यक्रमले युवा प्रतिभालाई अवसरको ढोका खोल्न सघाएको छ ।

‘नेपाली पनको, नेपाली मनको’ उद्घोषसहित सञ्चान हुँदै आएको उक्त कार्यक्रम चौथो संस्करणसम्म आइपुग्दा १० हजारभन्दा बढी दूरदराजका प्रतिभाले नेपाल टेलिभिजनमार्फत आफ्नो नृत्य प्रदर्शनको अवसर पाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नृत्य सौखको विषय मात्र नभई राम्रो पेशाका रुपमा समेत स्थापित हुने क्रममा यसले सामाजिक दृष्टिकोण समेत फराकिलो बनाउँदै नाम, दाम र प्रतिष्ठाको अवसर दिएकाले यस्त कार्यक्रमलाई आर्थिक नाफाका आधारमा मात्र नहेरी राष्ट्रका लागि दायित्व ठानेर निरन्तरता दिइएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले बताए ।

उनले भने, ‘कलाकारहरु कुना कन्दराबाट आएका छन् । यो डान्सको प्रतियोगिता होइन, डान्सर बनाउने प्रतियोगिता हो । त्यसैले यसमा देशले केही पाएको हामीले ठानेका छौं ।’

jagdamba.cement
rbbbb

सो कार्यक्रमका नृत्य निर्देशक महेश गोदारले चलचित्र म्युजिक भिडियोदेखि देश–विदेशको स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतिमार्फत अलग पहिचान स्थापित गर्न सफल कलाकारमध्ये धेरै कलाकार देशका दूरदराजबाट आएर क्षमता प्रष्फुटन गरिरहेको बताए । चौथो संस्करणमा मकवानपुरकी सन्ध्या आचार्य विजेता बनेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७