ओली होइन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रोः मनिष सुमन


११ पुष २०७४, मंगलवार
ओली होइन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रोः मनिष सुमन3573

काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्रीएवम् प्रदेश सभाकालागिनिर्वाचित सांसद मनिष सुमनलेमुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागिएमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताए।ओली होइन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रोः मनिष सुमन3573

वाम गठबन्धन बनाउने घोषणा गरेकै दिनमुलुकमा कम्युनिष्ट शासनल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरुको चाहनाभनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए।

उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकोले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मानगर्ने समेत बताए।
मुलुकमा कम्युनिष्ट शासनआयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा दबदबा रहने र एकदलीय शासन लागू हुनेप्रति आफ्नो डर, त्रास र शंका रहेको उनले बताए ।

‘यस्तो डर गलत सावितहोस्, त्यसैले म भन्छु यो वाम गठबन्धन टुटोस्।’ सुमनले राजपा र फोरम नेपालवीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरुवीच एकता हुने विश्वास दिलाए ।

उनले भने, ‘हाम्रो विचारहरु सबै मिल्छन्, हामीवीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिलेको जनमतले पनि हामीलाई एकताको लागि दबाब दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’

उनले राष्ट्रिय सभासम्बन्धी गठनको विषयलाई लिएर अहिले भैरहेको विवादबारे टिप्पणी गर्दै भने, ‘यो संविधानमा धेरै त्रुटिहरु छन्, यसलाई अभ्यास गर्दै जाँदाअहिले थाहा भैरहेको छ, संविधानजारी गर्ने दलहरुले अहिले यही समस्या भोगिरहेका छन्।’

उनले वाम गठबन्धनबाट सरकारको नेतृत्व वाम गठबन्धनले गर्ने निश्चितभएकोले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तुलनात्मक रुपमा राम्रो भएकोले उनको नेतृत्वमा सरकार बनोस् भन्ने आफूहरुको चाहना रहेको सुनाए ।

उनले भने, ‘ओलीजी हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन्, भोलिसम्म यो बानी परिवर्तन हुनपनि सक्छ, तर एमाले अछुत छ, उसका नेताहरुले हामीलई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले के को नाममा गालीगलौज र तथा नामभन्ने गरेका छन्, यो आलोकमा प्रचण्ड राम्रा छन्, उनले कम्तिमा संविधान संशोधनको लागि लचकता अपनाए, पहलकदमी लिएका थिए, (भलै हुन सकेन), तर प्रचण्ड तुलनात्मक रुपमा ओली भन्दा राम्रा छन्।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७