नेकपा सचिवालय वैठक शुरु, नयाँ प्रदेश प्रमुखबारे छलफल


१८ कार्तिक २०७६, सोमबार
nekapa meeting

काठमाडौं, १८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक वालुवाटारमा शुरु भएको छ ।

जारी बैठकले सात वटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने सम्भवना रहेको स्रोतले जानकारी दिएको छ । प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुङ्गो लगाइने जनाइएको छ । सचिवालय बैठकमा नाम टुङ्गो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७