को बन्दै छन् नयाँ प्रदेश प्रमुख ? यी हुन् प्रस्तावित नाम


१८ कार्तिक २०७६, सोमबार
nekapa sachibalaya

काठमाडौं, १८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएकाले यो बैठकबाटै नयाँ प्रदेश प्रमुख चयन गर्ने कार्यसूची छ ।

आजको वैठकलाई राजनीति वृत्तले निकै महत्वका साथ हेरिरहेको छ । सचिवालय बैठक लगत्तै, मन्त्रिपरिषदको बैठक बसेर नयाँ प्रदेश प्रमुख चयन प्रक्रिया अगाडि बढाइने नेकपाको तयारी छ । यहि भएर पनि आजको नेकपा सचिवालय वैठकप्रति राजनीतिक दलहरुको मात्र नभई सर्वसाधरणको समेत चासो देखिएको छ ।

सचिवालयबाट टुङ्गिएको नामावलीलाई मन्त्रिपरिषदबाट राष्ट्रपतिलाई सिफारिस गरिने छ ।
उच्च स्रोतका अनुसार, नेकपाभित्र नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरु तय भइसकेको छ । जारी सचिवालय बैठकले यिनै नामहरुमध्येबाट प्रदेश प्रमुख चयन गर्ने ती स्रोतले जानकारी दिएको छ ।

तिनका अनुसार, प्रस्तावित नामहरुमा प्राडा केआर खम्बु, गुरु बराल, गोपाल गुरागाई, धर्मनाथ यादव, सोमनाथ प्यासी, शान्ता श्रेष्ठ, रघुजी पन्त, अमिक शेरचन, तिलक परियार, महेश चौधरी र गोविन्द कलौनी छन् ।

‘यिनै नाममध्येबाट प्रदेश प्रमुख चयन हुने सम्भावना छ । त्यसमध्ये पनि धर्मनाथ यादव भने निश्चित जस्तो छ’, ती स्रोतले भने । यादव पुराना कम्युनिष्ट नेता हुन् ।

३ माघ २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तोकेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम पदमुक्त गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७