पार्टी एकताका लागि दुई–चार दिनमै वैठक


१२ पुष २०७४, बुधबार
oli 1

काठमाण्डौं : निकै चासोका साथ हेरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बुधबारको भेटवार्ता वैठक बोलाउने सहमति मात्रमा सकियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट फर्केपछि भएको ‘वान टु वान’ भेटवार्ता दुई–चार दिनमै पार्टी एकता संयोजन समितिको वार्ता गर्ने सहमतिका साथ सकिएको छ । बालकोटस्थित ओली निवासमा भएको भेटघाटमा नयाँ सरकार गठनका लागि बाटो खुल्ला गर्न देउवा सरकारलाई आग्रह गर्ने, निर्वाचन आयोगलाई समानुपातिक मत परिणाम छिटो सार्वाजनिक गर्न आग्रह गर्ने र एक वा दुई दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बस्नेलगायतका विषयमा छलफल भएको छ ।

सरकार गठन, राष्ट्रिय सभा गठन र पार्टी एकीकरणका बारेमा उठेका आशंका भ्रमपूर्ण रहेको र एकीकरणमा दुई दलबीच कुनै विमती नरहेको विषयमा कुरा भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सेनाले बताएका छन् । दाहाल चितवनमा रहँदा आएका अभिव्यक्तिले एमाले–माओवादीबीचको एकतामा शंका–उपशंका पैदा भएको थियो । ओली–प्रचण्डको यो भेटघाटलाई सर्वसाधरणले आजैबाट पार्टी एकताको थलानी हुने चासोका साथ हेरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७