१८ लाखसहित तीन हुण्डी कारोबारी पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार
hundi

वीरगञ्ज, २२ कार्तिक । प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

वीरगञ्ज प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई पक्राउ गरी स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले अवैध रुपमा हुण्डी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान साढे १० बजे प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७