नेपालको गेष्ट हाउसमा तीन भारतीय न्यायाधिश आपतिजनक अवस्थामा पक्राउ, निलम्बनको अनुमति


२४ कार्तिक २०७६, आईतवार
suprim cort of india

भारत, २४ कार्तिक । नेपालको एक गेष्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा तीन भारतीय न्यायाधीश पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको तल्लो अदालतका कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका तीन न्यायाधीश रहेका छन् । उनीहरुलाई निलम्बन गर्ने भारतको सर्वोच्च अदालतले बिहार सरकारलाई अनुमति दिएको त्यहाँको सञ्चार माध्यमले बताएका छन् ।

यी न्यायाधीशलाई नेपालको एक गेष्ट हाउसमा नेपाली प्रहरीले छापा मार्दा आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए । प्रहरीले उनीहरु न्यायाधीश रहेको थाहा पाएपछि छोडेको थियो । तर, उक्त घटना उल्झिएपछि उनीहरुमाथि छानविन हुँदा कार्यक्षेत्रमा नभएर अन्यत्र भएको तथ्य खुलेपछि निलम्बन गर्न अनुमति दिइएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७