चीनले भन्यो, ‘हामीले नेपाली भूभाग मिचेको छैनौं’


२८ कार्तिक २०७६, बिहीबार
President Xi Jinping
Chinese President Xi Jinping stands by national flags at the Schloss Bellevue presidential residency in Berlin on March 28, 2014. Chinese President Xi Jinping begins a landmark visit to fellow export powerhouse Germany Friday, the third leg of his European tour, expected to cement flourishing trade ties and focus on the Crimea crisis. AFP PHOTO / JOHANNES EISELE (Photo credit should read JOHANNES EISELE/AFP/Getty Images)

काठमाडौँ, २७ कार्तिक :  नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला चीनले आफ्नो धारणा सार्वजनिक गरेको छ । खासगरी संसदीय समितिमा चीनले पनि नेपालको भूमी मिचेको आरोप लागेपछि चीन बोलेको हो ।

नेपालस्थित चिनियाँ दुतावासले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा चीनले नेपाली भूभाग आफूले नमिचेको दाबी गरेको छ । उसले भनेको छ, ‘केही गैरजिम्मेवार सञ्चारमाध्यम तथा व्यक्तिहरुको समूहले चीनले पनि नेपालको भूभाग मिचेको भन्ने विषयमा हामीले जानकारी लिएका छौं । यस प्रकारका आरोपहरु आधारहीन र अन्यौल सिर्जना गर्ने र आममानिसको ध्यान अर्कोतर्फ मोड्ने उद्देश्यले आएको हो । नेपाल र चीनबीच सन् १९६१मा सीमा सन्धिमा हस्ताक्षर भई सीमा छुट्याउनुको साथै सीमाकांन गरिएको हो ।’

संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा नेपाली कांग्रेसका सांसदद्वय देवेन्द्रराज कँडेल र अमरेशकुमार सिंहले चीनले ११ स्थानमा नेपाली भूभाग मिचेको आरोप लगाएका थिए । यसलाई चीनले आममानिसको ध्यान अर्कोतर्फ मोड्ने उद्देश्यले आएको बताएको छ ।

मित्रवत् परामर्शबाट समधान गर

चीनले कालापानी क्षेत्रको सीमा विवादलाई नेपाल र भारतबीचको मित्रवत् परामर्श र वार्ताबाट समाधान खोज्नुपर्ने जनाएको छ । ‘नेपाल र भारतबीचको कालापानी भूभागको विवाद उनीहरूबीचको मित्रवत परामर्श र वार्ताको माध्यमबाट समाधान होस भन्ने चिनियाँ पक्ष चाहन्छ,’ भनेको छ, ‘नेपाली पक्षको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको चीन सधै सम्मान गर्दछ ।’

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई भारततर्फ समावेश गरेपछि विवाद चर्किएको छ ।

नेपाल र चीनबीच सीमा र सुख्खा बन्दगाहजस्ता मामिलामा राम्रो सहकार्य हुँदै आएको चिनियाँ दुतावासले दावी गरेको छ । ‘यही अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सफल नेपाल भ्रमण भएको थियो र सो भ्रमणको समयमा दुई पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सहमति हस्ताक्षर गरेको थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमा मामिलामा नेपालसँग सहकार्यलाई थप सुदृढ गर्न, बाह्य हस्ताक्षेप रोक्न र साझा विकास प्रवर्धन गर्न चीन इच्छुक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७