आलमविरुद्धको थुनछेक बहस सकियो, थुन्ने कि छाड्ने आजै आदेश

‘बम त होइन, पटका समेत पड्काएको छैन’


२९ कार्तिक २०७६, शुक्रबार
aalam 1
फाइल फोटो

रौतहट, २९ कार्तिक । राजपुर बम विष्फोटका घाइतेहरुलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको थुनछेक बहस सकिएको छ ।

बहस सकिएपछि आजै आदेश हुने अदालत स्रोतले जानकारी दिएको छ । वादीतर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ कानुन व्यवसायीले आठ दिन लगाएर बहस सकेका हुन् ।
बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे प्रश्नहरु सोधेका थिए । दुवैले न्यायाधीश समक्ष आ–आफ्नै कुरा राखेका छन् ।

आलमविरुद्धको थुनछेक बहस अब अन्तिम चरणमा पुगेको छ । बहस सकिएपछि आजै आदेश हुने जनाइएको छ । अहिले वादी तर्फबाट अन्तिम बहस भइरहेको छ । बहस केहीबेरमा सकिँदैछ ।
अदालतका ४ नम्बरका न्यायाधीश दिपक ढकालको इजलासले थुनछेक बहसको आदेश गर्नेछन् ।

पहिलो संविधानस्भा निर्वाचनको अघिल्लो दिन राजपुरमा भएको बिष्फोटको घटनामा सरुअठाका त्रिलोक प्रतापसिङ र ओसी अख्तरलाई जिउँदै चिम्नीमा हालेर मारेको आरोपमा आलमलाई पक्राउ गरी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बिष्फोट भडारणको मुद्दामा जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन पत्र दर्ता गरेको थियो ।

‘बम त होइन, पटका समेत पड्काएको छैन’
पक्राउ परेका मो. अफ्ताव आलमले घटना नै नभएको पुरानै दाबी दोहोर्‍याएका छन् । जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले पटका समेत पड्काएको छैन । बमको कुरा कहाँबाट आयो ।’ उनले राजपुरमा बम विष्फोटको घटना नै नभएको दावी गरेका छन् ।

राजपुर बम विष्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो । तर घटनामा मृत्यु भएका भनिएका त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले त्यसको खण्डन गरे । ‘घटना भएको छैन भने ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर मलाई किन भन्छन् आलमका मानिसहरुले श्रीमान्’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७