ग्याँस बुलेट सडकमै पल्टिँदा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन


१ मंसिर २०७६, आईतवार
Gass Bulet

धादिङ, १ मंसिर । धादिङको बेनिघाटमा ग्याँस बोकेको भारतीय बुलेट गाडी पल्टिएपछि पृथ्वी राजमार्ग आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र सञ्चालनमा छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आज बिहान सडक छेउमा पल्टिएको थियो ।

‘अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको हो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले भने, ‘मानवीय क्षति छैन । पल्टेको गाडी उठाउने तयारी हुँदैछ ।’

दुर्घटनापछि बिहानैदेखि पृथ्वीराजमार्गमा एकतर्फी सवारी साधन चलेका छन् । ‘ग्याँस अनलोड गरेर बुलेट उठाउने कि त्यसै उठाउने भन्ने अहिले यकिन भएको छैन । काठमाडौंबाट प्राविधिक बोलाएका छौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७